बाडीपिडीतलाई चेम्वरको ५ लाख नगद सहयोग

208
  •  
  •  
  •  

काठमाडौं १, भदौ (ओएनएस) : नेपाल चेम्वर अफ कमर्सले बाढी पीडितका लागि ‘प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषलाई ५ लाख ५५ हजार रुपैयाँ नगद तथा २ लाख ९४ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्वरका अध्यक्ष राजेशकाजी क्षेष्ठ सहतिको टोलिले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राहत सामग्री हस्ताण्तरण गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले देशभरी गएको बाढी तथा पहिरोले मुलुकमा ठूलो धनजनको क्षति भएको बताए । साथै राहत कार्यलाई प्रभावकारी बनाउन छिमेकी राष्ट्र चीन र भारसँग आवश्यक प्राविधिक सहयोग लिइने जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले राहत कार्यलाई प्रभावकारी ढंगले परिचालन गर्न तथा तातोपानी सडक खुलाउन आग्रह प्रधानमन्त्री समक्ष आग्रह गरे । पहिरोले राजमार्ग अवरुद्व हुँदा हजारौ कन्टेनरमा सामान र लगानी जोखिममा परेकोले राजमार्ग खुलाउनुपर्ने बताए ।


  •  
  •  
  •