चेल्सी एफए कप फुटबलमा सेमिफाइनलमा

127
  •  
  •  
  •  

एजेन्सी । एफए कप फुटबलमा चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।  क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।

लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए ।

यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।


  •  
  •  
  •