सभामुख र अध्यक्षसामु सभापतिहरूले राखे गुनासा

356
  •  
  •  
  •  

काठमाडौं । संसदीय समितिहरूको कामकारबाही, उपलब्धि, समन्वयलगायतका विषयमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र समिति सभापतिहरूबीच छलफल भएको छ ।

सोमबार सिंहदरबारमा भएको छलफलमा संसद्का १६ वटा समितिमध्ये १३ समिति सभापतिहरूको उपस्थिति थियो ।

संघीय संसद सचिवालयमा सभामुुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा भएको छलफलमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालको उपस्थितिमा प्रतिनिधि सभाका, राष्ट्रिय सभाका र दुबै सदनका संयुक्त समितिका सभापतिसंग छलफल भएको हो ।

छलफलको विषयहरुमा समितिका काम कारबाही, समस्या, समाधान र विविध रहेका थिए । बैठकमा समितिका सभापतिले आ–आफ्नो समितिले गरेका काम, भोग्नुपरेको समस्या, खोजिएको समाधानबारे भनाई राखेका थिए ।
छलफलमा सभामुुख सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष दाहालले सभापतिहरुले उठाएका विषयहरुमा आफ्नो धारणा राखेका थिए। छलफलका क्रममा यस्ता बैठकहरु नियमितिरुपमा रुपमा राख्ने विषयमा सहमती भएको थियो ।

बैठकमा प्रतिनिधिसभाका १० मध्ये ८, राष्ट्रिय सभाका ४ र संयुक्त समितिका २ मध्ये १ गरि १३ जना सभापतिहरुको उपस्थिति रहेको थियो ।


  •  
  •  
  •