संविधान कार्यान्वयनमा चुनौति : कानुनमन्त्री

410
  •  
  •  
  •  

विराटनगर, १५ चैत(ओएनएस) : कानुन मन्त्री अग्नी खरेलले संविधान कार्यान्वयनमा अझै चुनौति रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री खरेलले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिनुपर्ने बताएका छन् । उनले जबसम्म राजनीतिक शक्ति एकै ठाउँमा उभिदैनन् तबसम्म संविधान कार्यान्वयन हुनेमा शंका रहेको उल्लेख गरेका छन् ।

उनले संक्रमणकालीन अवस्थाको अन्त्य भइनसकेको अवस्थामा दलहरुबीच राजनितिक सहमति नभए संविधान नै खतरामा पर्ने चेतावनी दिए ।

उनले संविधान कार्यन्वयनमा सहमति अनिवार्य शर्त भएको बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उपलब्धीमूलक रहेको बताउँदै चीन भ्रमणका क्रममा भएका सम्झौता नेपालका लागि फाइदाजनक रहेको उल्लेख गरे ।

मधेसी मोर्चाले पुन: आन्दोलन गर्ने अवस्था नै नरहेको भन्दै उनले मधेसी दलहरुको माग पूरा हुँदै बताए ।


  •  
  •  
  •