माग पूरा गर्न चलचित्र संघको सरकारलाई एक हप्ते अल्टीमेटम

95
  •  
  •  
  •  

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा फिल्म क्षेत्रका कुनै माग सम्बोधन गरेको भन्दै चलचित्र संघले आन्दोलन गर्ने तयारी थालेको छ । मंगलबार बसेको संघको पदाधिकारीको बैठकपछि सरकारसमक्ष पुनः फिल्म क्षेत्रका लिखित माग बुझाइएको छ ।

उक्त माग सम्बोधन गर्न संघले सरकारलाई एक हप्ताको अल्टीमेटल दिएको छ । फिल्म क्षेत्रका माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्ने संघको तयारी छ ।

चलचित्र संघका महासचिव अशोक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण चलचित्र क्षेत्र (निर्माण, वितरण तथा प्रदर्शन) का लिखित मागहरु सम्बोधन गर्नका लागि संघले सरकारसमक्ष पुनः पेश गरेको छ । ती मागहरु आजका मितिबाट एक हप्ताभित्र पूरा नभए आगामी अषाढ ९ गते बस्ने कार्य समिति, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको बैठकबाट राय सुझाव दिई आगामी दिनका संघर्षका कार्यक्रमहरु चरणबद्ध रुपमा घोषणा गर्नेछौं ।’

 


  •  
  •  
  •