चेल्सी प्रिमियर लिगको शीर्ष चारमा

61
  •  
  •  
  •  


एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।
चेल्सीले न्युक्यासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नरले एकरएक गोल गरे ।

जितसँगै चेल्सीले वेस्टह्याम र लिभरपुललाई पछि पार्दै चौंथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अङ्क छ । न्युक्यासल २५ अङ्कजोडेर १७ औं स्थानमा रहेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ११ अङ्कले तथा दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टरसँग ४ अङ्कले पछि छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनाइटेडलाई वेष्टह्यामले ३० गोल अन्तरले पराजित गरेको छ । जितसँगै वेष्टह्याम पाँचौं स्थानमा उक्लिएको छ । वेष्ह्यामको २४ खेलबाट ४२ अङ्क छ ।


  •  
  •  
  •