चलचित्र पत्रकार संघको पर्सा शाखा गठन

129
  •  
  •  
  •  

वीरगञ्ज । चलचित्रपत्रकार संघ नेपालको पर्सा शाखा गठन गरिएको छ । रेडियो वीरगञ्जकी कार्यक्रम संयोजक निलिमा पौडेलको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
बिहीबार एक कार्यक्रमकाबीच गठित कार्यसमितिको उपाध्यक्षमाविवेक कर्ण, सचिवमा सूर्यनारायण वि.क, सहसचिवमा प्रणय साह, कोषाध्यक्षमा समिना रञ्जितकार, सदस्यहरुमा क्रमशः सोनम गौतम, रश्मिराज भण्डारी, शम्भु कुमार सुमन, जय यादब, रन्जित यादब र एञ्जल चौधरी रहेका छन् ।

चलचित्र पत्रकार संघ नेपाल पर्सा शाखा गठन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिब समिर बलामीले वीरगञ्जमा नेपाली चलचित्रको बजार अन्य क्षेत्रको भन्दाकम भएको हुँदा यस समितिले चलचित्रको बजार बढाउन सघाउने विश्वास व्यक्त गरे ।

देशकै आर्थीक एवम् व्यापारिक हबको रुपमा परिचित वीरगञ्जमा चलचित्रका सम्भावनाहरु भएपनि राज्यको नजरबाट उपेक्षामा परेको बताउँदै यहाँका कलाप्रतिभा तथा संस्कृतिको प्रवद्र्धन एवम् संरक्षण गर्न संघले भुमिका खेल्नुपर्नेमा जोड दिए ।

चलचित्र पत्रकारको इतिहासदेखी वर्तमान अवस्थाको बारेमा प्रकाश पार्दै महासचिब बलामीले संघको सक्रियताले गर्दा चलचित्रकर्मीहरुको नजर वीरगञ्जमा पर्ने अवस्थाको सृजनागर्न कार्यसमितिका पदाधिकारीलाई अपिल गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, चलचित्रनिर्माताएवम् होटल तथापर्यटन व्यावसायी संघ पर्साकाअध्यक्ष हरी पन्त, ब्रोडकास्टिंग एशोसियसन नेपालप्रदेश न. २ का संयोजक आरसी यादब, नेपाल आदिवासी जनजाती पत्रकार संघ प्रदेश न. २ का संयोजक निरज पिठाकोटेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी नवराज फुयालले स्वागत मन्तव्य राखेका थिए ।


  •  
  •  
  •