चलचित्र कलाकार संघको अध्यक्षमा खड्का

59
  •  
  •  
  •  

काठमाडौं । नेपाल चलचित्र कलाकार संघमा रविन्द्र खड्का विजयी भएका छन् ।
यस्तै खड्काको नेतृत्वको प्यानल नै विजयी भएको छ । पदाधिकारीतर्फ खड्का प्यानलको उपाध्यक्षका उम्मेदवार विनोद कुमार भट्टराई ९९६० बाहेक सबै उम्मेदवार विजयी भएका हुन् ।

नेकपाका सक्रिय कार्यकर्ता रहेका अध्यक्षमा निर्वाचित खड्काले आफ्नो प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराए ।

खड्काको पक्षमा २१८ र लामिछानेलाई १६१ मत झरेको थियो । यस्तै उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती २४३ मत प्राप्त गरेर विजयी भइन् । उनी लोकप्रिय मत ल्याउने उमेदवार बनिन् । उपाध्यक्षमा सानुकुमार ताम्राकार पनि विजयी भएका छन् ।

महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी विजयी हुँदा सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भइन् ।

सदस्यमा शितल केसी, गोपाल नेपाल, शारदा नेपाल, जयकिशन बस्नेत, उद्धव भट्टराई, धर्मानन्द आचार्य, जीवन थापा, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् । शनिबार भएको कलाकार संघको निर्वाचनमा ३८७ कलाकारले मतदान गरेका थिए ।


  •  
  •  
  •