आउँदो चैत मसान्तभित्र जिल्ला शिक्षा कार्यालय खारेज हुने : सचिव थपलिया

254
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले आउँदो चैत मसान्तभित्र जिल्ला शिक्षा कार्यालय खारेज हुने बताएका छन्।

उनले भने, ‘जिल्ला शिक्षा कार्यालय खरेज भएपछि स्थानीय तहले रिक्त स्थानमा कानून बमोजिम सामुदायिक विद्यालयका लागि शिक्षक नियुक्ति गर्न सक्छ्।’

शिक्षा पत्रकार समूहले बुधबार आयोजना गरेको अन्तरकृया कार्यक्रममा सचिव थपालिया बाल्दै बालबालिकाको गुणस्तरीय र निरन्तर पढाइ सरकारको मुख्य चासो हुने भएकाले स्थानीय सरकारले स्थायी शिक्षक पूर्ति नहुञ्जेल अस्थायी नियुक्त गर्न सक्ने बताए।


  •  
  •  
  •