मन्त्रीले संसदमा कुर्सी पाएनन

370
  •  
  •  
  •  

 

काठमाडौं १७ असार (ओएनएस) :
व्यवस्थापिका संसदमा मन्त्रीहरुका लागि छुट्टै सिट तोकिएको हुन्छ । ती सिटमा सभासदलाई बस्न बर्जित गरिएको छ ।
तर, आइतबार राष्ट्रपति डा. रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भने रमाइलो दृश्य देखियो । व्यवस्थापिका संसदमा आइतबार एक मन्त्रीले आफू बस्ने सिट नै पाएनन् ।
बैठकमा उद्योगमन्त्री कर्णबहादुर थापाले बस्ने सिट नपाएर मर्यादापालक झै एक छेउमा उठेरै राष्ट्रपतिको सम्बोधन सुन्नुपरेपछि उनी कक्षबाटै बाहिरिनु पर्यो । व्यवस्थापिका संसदमा ६ वटा रो राखिएको छ । त्यसमा सभामुखको दाहिनेतर्फको चौथो रो मा प्रधानमन्त्रीसहित मन्त्रीहरुका लागि २४ सिटको व्यवस्था गरिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत हुदाँ प्रधानमन्त्री सुशील कोइरालासहित वनमन्त्री महेश आर्चाय अनुपस्थित थिए ।
प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका क्रममा अमेरिकामा छन् भने वनमन्त्री आर्चाय व्यक्तिगत काम शुक्रबार अमेरिका प्रस्थान गरेका हुन् । २४ जना मन्त्रीको स्थानमध्ये एक स्थानमा कांग्रेसका सभासद आएर बसेका थिए । एक स्थान खाली थियो । त्यो खाली स्थान उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको थियो । उनी कार्यवाहक प्रधानमन्त्री भएकाले प्रधानमन्त्री सुशील कोइराला बस्ने स्थानमैल बसेका थिए ।
राजधानीबट


  •  
  •  
  •