काठमाडौं, १९ वैशाख (ओएनएस) : रोल्पामा बालविवाह गर्ने एक जोडीलार्इ प्रहरीले विवाह स्थलबाटै पक्राउ गरेकाे छ। बालविवाह गरेको अभियोगमा प्रहरीले रोल्पा नगरपालिका-२ ह्वालीगाउँबाट उक्त जोडीलाई पक्राउ गरेको हाे ।
प्रहरी नायव उपरीक्षक(डीएसपी) ज्ञानेन्द्रप्रसाद फुयालले बालविवाह गरेको अभियोगमा उक्त जाेडीलार्इ पक्राउ गरिएकाे पुष्टि गरे।
प्रहरीलार्इ प्राप्त प्रमाणका अाधारमा उक्त जाेडीले कानुनविपरीत विवाह गरेकाेले दुलाहा राजकुमार खड्कासहित दुलहीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उमेर नपुग्दै विवाह गरेका किशोरकिशोरीलाई दुलाहा खड्काको घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको हो ।
बालविवाह गरेकाे पुष्टि भइसकेकाे हुनानले किशोरकिशोरीको जोडीलाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको डीएसपी फुयालले बताए ।
अधिकारकर्मी र गाउँलेहरुले सम्झाईबुझाई गर्दा पनि बालविवाह रोक्न नमानेपछि प्रहरीले उजुरीका आधारमा विवाहस्थलबाटै उनीहरुलाई पक्राउ गरेकाे थियाे ।
उजुरी अनुसार डीएसपी फुयालले विवाह रोक्न प्रहरी परिचालन समेत गरेका थिए । तर, केटापक्षले प्रहरी र बालविवाह न्यूनीकरण समितिको सल्लाहविपरीत बुधबार बिहानै धुमधामले विवाह गरेका थिए । केटाका बुबा मैते खड्का विदेश छन् भने आमा दिलसरीलाई पनि प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सोधपुछका लागि लिएको छ ।
विवाह गर्नुअघि नै केटाकेटी दुवैले माध्यमिक तहको पढाइ छोडेका थिए । प्रहरीले बालविवाह भोजमा सहभागीलाई समेत सोधपुछका लागि बोलाउने भएको छ । प्रनाउ फुयालले केटाकेटीको बयानपछि अरुसँग पनि सोधपुछ गर्न बोलाउन सकिने बताए ।
विवाह गरेका केटाकेटी दुवैको उमेर १७ वर्ष छ । बालविवाह गरेको प्रमाणित भएमा तीन वर्षसम्म जेल चलान गर्ने र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । मुलुकी ऐन २०७४ को विवाहसम्बन्धी कसुरमा बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ ।