संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई छहारीको निःशुल्क खाना

179
  •  
  •  
  •  

काठमाडौं । नेपालमा हाल कोरोना भाइर संक्रमणको दोस्रो लहर शुरु भएको छ । कोरोनाको दोस्रो लहरसँग संक्रमितको दर पनि बढी रहेको छ । यतिबेला दैनिक ९ हजारबढी कोरोना संक्रमित थपिएका छन् भने निको हुनेको दर पनि बढी रहेको छ ।

कोरोना संक्रमितको उपचारका लागि दिनरात नभनी स्वास्थ्यकर्मीहरु खटिएका छन् । यसरी संक्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई काठमाडौं हात्तिगौँडामा रहेको मानव अधिकारको लागि महिला, एकल महिला समूहले निःशुल्क खाना खुवाउँदै आएको छ ।

समूहले आइतबारदेखि संक्रमितको उपचारमा दिनरात नभनी खटिइरहेका डाक्टर, नर्स, एम्बुलेन्स तथा शव व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई तातो खानाको व्यवस्था गरेको हो । एकल महिला समूहले निःशुल्क खानाका लागि नेपाल मेडिकल एशोसिएसन र बूढानीलकण्ठ नगरपालिका तथा अन्य सहयोगी संस्थाहरुसँग समन्वय गरेको छ ।

समूहले बीर अस्पताल, कान्तिबाल अस्पताल, हृदय गंगालाल अस्पताल, प्रसुति गृह, ओम अस्पताल, नेपाल चिकित्सक संघ र केहि स्वास्थ्य चौकिहरूमा दैनिक स्वास्थ्य भोजन सेवा उपलब्ध गराउँदै आएको एकल महिला समुह चन्द्रागिरी नगर समितिका अध्यक्ष शान्ति महर्जनले जानकारी दिइन् ।
समुहले गत वर्षको लकडाउनमा पनि विपन्न वर्गका लागि निःशुल्क खाना खुवाउँदै आएको थियो ।

बाँके अस्पतामा पनि निःशुल्क पौष्टिक खाना

बाँके अस्पतालका बिरामीहरुलाई बाँकेस्थित एकल महिला समूहले आवश्यक पौष्टिक खानाको सेवा गर्न शुरु गरेको छ ।

कोरोना संक्रमण भएर भेरी अस्पताल बाँकेमा उपचार गरिरहेका संक्रमितहरुलाई पौष्टिक आहार सेवा शुभारम्भ गरिएको हो ।

द्वन्द्वपीडित तथा एकल महिला संजाल बाँके र नेपाल मेडिकल एशोसियसनको सहकार्यमा संक्रमितलाई हरेक दिन बिहान अण्डा वितरण गरिएको छ ।

द्वन्द्वपीडित तथा एकल महिला संजालका केन्द्रीय उपाध्यक्ष शोभा बि.सी. र संजाल बाँकेका अध्यक्ष जयन्ती केसीको सक्रियतामा यो सेवा शुभारम्भ गरिएको हो ।


  •  
  •  
  •