‘चाडपर्व बालबालिकाका लागि सिक्ने अवसर हो’

145
  •  
  •  
  •  

विद्यार्थी भन्ने वित्तिकै समयको सदुपयोग, पठनपाठन लगायत सिक्ने कुराको दृष्ट्रिकोणबाट मात्र हेर्ने गरिन्छ । सोही अनुसार उनीहरुलाई सल्लाह, सुझाव पनि दिन्छौँ ।

हामीले के सम्झनुपर्दछ भने उनीहरु विद्यार्थी मात्र होइनन् । त्यो भन्दा पहिला केटाकेटी हुन् । त्यो भन्दा पनि पहिला समाजका सदस्य हुन् । उनीहरु अन्य मान्छे जस्तै समाजका मान्छे हुन् ।

यसले गर्दा चाडपर्वको समयमा केटाकेटीलाई किताब पढ, समय सदुपयोग गर, होमवर्क गर मात्रै भन्नु हुँदैन् ।
चाडपर्व उनीहरुले पनि रमाइलोसँग मान्न पाउनुपर्छ । रमाइलो महसुस गर्न पाउनुपर्छ ।

बालबालिकालाई छुट्टीको समयमा चाडवाड के रहेछ भन्ने कुराका साथै सिर्जनात्मक तरिकाले आफुलाई कसरी आनन्द पाउँछन्, त्यसरी चाडपर्व मनाऊ । चाडपर्व बुझेर, आनन्द लिएर समयको सदुपयोग गर्न सिकाउनुपर्छ ।

अर्को चाडपर्व सिक्ने अवसर पनि हो । यो विदाको समयमा मन लागेका कुरा, रितिरीवाज सँस्कृति, घरपरिवार नयाँ, पुराना पुस्ता, खेलकुद लगायत आफुलाई के के मन पर्छ त्यो सिक्नुपर्छ । जस्तो परिकार बनाउने सिक्न सकिन्छ ।
काँहि घुम्न मन लागेको छ । कुनै तिर्थ मन्दिर, कुनै ठाउँमा जान मनलागेका छ भने त्यस्तो ठाउँमा जाऊ । समयको सदुपयोग गर ।

अभिभावकले पनि त्यो कुरा सिकाउनुपर्छ । सबै मान्छे पुस्तक पढेर रमाउँदैन । चाडपर्वको बेलामा बालबालिकालाई रमाइलो नहुँने गरि ‘पुस्तक–पुस्तक’, ‘होमवर्क’ भनेर उनीहरुलाई त्यतातिर लगाउनु हुँदैन । तर बालबालिकाले यदि पुस्तक पढेर पनि रमाउँछन् भने रमाइला खालका रुचि अनुसारका पुस्तक पढ्न सक्छन् ।

आफ्नो स्कूलको पाठ्यक्रमभन्दा बाहिरका किताबहरु पनि पढ्न सक्छन् । बालबालिकाले कस्तो किताब पढ्न चाहन्छन् । सकेसम्म त्यस्तो किताब उनीहरुलाई नै रोज्न दिनुपर्छ । किताबको बारेमा अभिभावहरुले बताइदिनुपर्छ ।

उनीहरुलाई विकल्पका बारेमा बताइदिनु राम्रो हो । तर सकेसम्म छानोट गर्ने अवसर उनीहरुलाई नै दिनुपर्छ ।
अन्तमा सबैथोक गर्दा गर्दै स्कूलको होम पनि छ है । होमवर्क गर्न पनि बाँकी छ भनेर अभिभावले सम्झाइदिने मात्रै हो ।
शुरुमै होमर्क आदि भन्नु हुँदैन् ।

बालबालिकाले परिवारमा रहँदा यदि खाना पकाउन भान्छामा गयो भने केहि कुरा सिकको हुन्छ । मठ मन्दिर, बगैँचा आदिमा गयो भने पनि केहि कुरा सिक्छ । जसले गर्दा मान्छेसँग व्यवहार गर्न, कुरा गर्न जान्दछ ।

प्रकृतिलाई बुझ्न जान्दछ । हाम्रा रितिरीवाज परम्परा, पुराना संस्कार आदिको बारेमा थाहा पाउन सक्छ । बाहिर किताबमा उनीहरुको रुचि अनुसार, विकल्प अनुसार बालबालिकाको रोजाइमा मात्रै छोड्नपर्छ । किताब हरेक बच्चाको रुचि र प्राथमिकता हुन्छ । हामीले विकल्प राखिदिने मात्रै हो ।

किताव पढ्दा भाषामा सुधार हुने खालका विषय उनीहरुको रोजाइमा पर्ने गरी राख्नुपर्छ । तर यस्तो किताब पढ भनेर कर लगाउनु हुँदैन् ।

पछिल्लो समय केहि बालबालिका पढ्नै छोड्ने, मोबाइलमै मात्र अलमलिएर बस्ने, टेलिभिजन, कम्प्युटरमै मात्रे रुमालिएर बस्ने गरेका पनि छन् ।

किताब पढ्न मात्रै नभइ नेपाली, अंग्रेजी कुनै पनि राम्रोसँग पढ्न, लेख्न नजान्ने ठूलै जमात पनि छ । ति बालबालिका अभागि, दुःखी हुन् ।

उनीहरुले त्यो भन्दा सहज विकल्प पाएनन् । त्यसले गर्दा उनीहरु त्यसैतर्फ लाग्दै गएको दुःखद अवस्था छ ।
अर्को बालबालिका जसलाई शिक्षक अभिभावकले छापा, डिजिटल पुस्तकमा सहयोग गरे । उनीहरु सानो उमेरदेखि पुस्तकालयबाट किताब ल्याएर पढ्न थाले । त्यस्ता बच्चाहरुको जमात ठूलो छैनन् । त्यस्ता भाग्यमानि बच्चा कम मात्रै छन् ।

किताब पढ्ने अवसर पाएभने बच्चाले मोबाइल पनि चलाउँदैनन् । टेलिभिजनको अगाडि पनि बस्दैनन् । किताबको दुनियाँमा उनीहरु रमाउन थालेका हुन्छन् ।

तर उनीहरुलाई त्यसतो रमाइलो हुने किताब पाउनुपर्छ । आफुले रोज्न पाउनुपर्छ । थोरै स्कूलहरुमा मात्र त्यस्तो सुविद्या छ । थोरै अभिभावकले मात्रै त्यस्तो सुविद्या जुटाउन सकेका छन् ।
अर्को दशैँ जस्ता चाडपर्वमा हामीले बालबालिकालाई संस्कार सिकुन् , अनुशरण गरुँन भन्न चाहन्छौँ भने आफु अगुवा हुनुपर्छ ।

बच्चालाई यस्तो गर, फलानोलाई ढोग भन्ने होइन् । मान्यजनलाई नमस्कार गर्नुपर्छ भन्नका लागि पहिले आफु गरेर देखाउनुहोस् । जसले त्यहिबाट बालबालिकाले सिक्दै जान्छन् । आफु उदाहरण भएर देखाउनुपर्छ ।
पहिले पहिले बालबालिकालाई दशैँमा बलि दिने ठाउँमा नजानु भनेर सिकाउँथे । अहिले यसरी बलि दिने ठाउँमा बालबालिका जाँदा, काटमार गरेको कुरा हेर्दा बच्चालाई प्रतिकुल असर गरेको हुन्छ । अभिभावकले बुझ्न र थाहा पाउन सक्दैन् । बच्चालाई अभिभावकलाई शिक्षा चाहिएको छ ।

अभिभावक शिक्षा जुरुरी छ । काटमारको स्थितिबाट टाढा राख्ने । सबै जीवलाई सम्मान गर्नुपर्छ । जनावरहरुको पनि इज्जत गर्नुपर्छ भन्नेर सिकाउने कुरा हो । प्रत्यक्ष हिंसा देख्दा बालबालिकाहरु पछि डिप्रेसन हुने, झस्किने जस्ता परिणामहरु पनि आउने सक्छ । त्यसकारण बालबालिकाई स्वाच्छ वातावरणमा राख्नुपर्छ ।


  •  
  •  
  •