छविले शिल्पालाई भने, ‘गान्धीबादी भएर बस्न सक्छु’

107
  •  
  •  
  •  

काठमाडौं । निर्माता छविराज ओझाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी श्रीमती एवं अभिनेत्री शिल्पा पोखरेललाइ घर फर्कन आग्रह गरेका छन् । उनले फेसबुकबाट सार्वजनिक रुपमा यस्तो आग्रह गरेका हुन् ।

उनको स्टाटसमा संसारका कुनै पनि अदालतमा नभई आफ्नो अदालतमा सिधै आए न्याय पाउने बताएका छन् ।

यस्तो छ फेसबुक स्टाटस

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्धविच्छेद भईसकेपछि तपाईंसँग चाहिँ जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबथोक कम्प्रोमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं । छातिमा हात राखेर आज एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपार्इंले लगाएका कति आरोप सत्य छन्? यदि तपाईं पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईंले बिहे गर्ने बेलामा आश्वासन दिलाएजस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरी सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस् हाम्रो घरको ढोका सधै तपाईंका लागि खुल्ला छ । हैन र यदि तपार्इं साच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मसँगै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आजसम्म मैले कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । तपाइलार्इं पनि पार्दिन । मैले विगत ३ दिनदेखि तपाईंलाई सम्पर्क गरेर भेट्न खोज्दा पनि तपार्इंलाई अब मेरो वकिलले भेट्छ भन्नभयो । म फेरि पनि भन्दैछु, संसारको कुनै पनि अदालत जानुपर्दैन। छवि ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

 


  •  
  •  
  •