‘च च हुई’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा

67
  •  
  •  
  •  

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘च च हुई’ यही शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

कमेडी–रोमान्टिक जनरामा निर्माण भएको फिल्म हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित रहेको छ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् ।

फिल्ममा आर्यन ‘प्रेम’ र मिरुना ‘संगीता’ को भूमिकामा छन् भने, आर्यनको साथीको भूमिकामा भोलाराज सापकोटा छन् ।
फिल्ममा पनि उनको नाम भोला नै छ । त्यस्तै, कलाकार माओत्से गुरुङ ‘श्यामलाल’ को भूमिकामा छन् ।


  •  
  •  
  •