कृषि विकास बैंकका सिइओ बुढाथोकी पदबाट बर्खास्त

77
  •  
  •  
  •  

काठमाडौं, २ कात्तिक (ओएनएस) : कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) तेजबहादुर बुढाथोकी पदबाट बर्खास्त भएका छन् । कृषि विकास बैंकको सञ्चालक समितिले उनलाई पदबाट बर्खास्त गरेको हो ।

सञ्चालक समितिल पदबाट हटाउनु अघि बुढाथोकीसँग स्पष्टीकरण लिएको थियो । स्पष्टिकरणमा चित्त बुझ्दो उत्तर नआएपछि समितिले उनलाई हटाएको हो । उनलाई बैंकको सञ्चालक समितिको मूल्यांकन प्रतिवेदनका आधारमा हटाएको हो ।

बुढाथोकीको कार्यकाल अझै १३ महिना बाँकी छ । बैंकको शुक्रवार साँझ बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव महाप्रवन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

बुढाथोकीलाई कारवाही गर्न अख्तियार र नेपाल राष्ट्र बैंकले पनि दवाव दिदैं आएका थिए ।

 बुढाथोकीले विभिन्न व्यक्ति तथा संस्थालाई प्रक्रिया नपु¥याइ कर्जा दिइएको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले कारवाही गर्न निर्देशन दिएको थियो ।

साथै खराव कर्जामा सुधार ल्याउन नसकेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


  •  
  •  
  •