थापाको राजकीय सम्मानका साथ शुक्रबार अन्त्येष्टी गरिने

152
  •  
  •  
  •  

raprapa-flagकाठमाडौ, ३ बैशाख(ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।

उपचारका क्रममा दिल्लीको मेदान्त अस्पतालमा ८८ वर्षको उमेर निधन भएका थापाको पार्थिव शरीर आज दिउँसो भारतीय विषेश विमानबाट काठमाडौ ल्याइँदैछ ।

राप्रपाको केन्द्रीय समितिको आज बिहान बसेको आकस्मिक बैठकले थापाको पार्थिव शरीरलाई मालीगाउँस्थित थापाकै निवासमा राख्ने निर्णय गरेको छ भने भोली १० देखी १२ बजेसम्म पार्टी कार्यालयमा राख्ने र दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने पार्टी सह-प्रवक्ता किरण गिरीले जनाएका छन् ।

गिरीका अनुसार थापाको अन्त्येष्टी राजकीय सम्मानका साथ गर्ने प्रधानमन्त्री सुशील कोइरालाले बताएका छन् । यस्तै, पार्टीले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

थापाको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।


  •  
  •  
  •