शुक्रबारबाट सिनेमा हल खोल्ने तयारी, ‘आमा’ र ‘सेन्टी भाइरस’ रि–रिलिज

588
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरसका कारण नौ महिनादेखि बन्द रहेका सिनेमा हल शुक्रवारबाट सञ्चालनमा आउँदैछन् ।

सरकारले सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय नगरे पनि हल व्यवसायीहरुले शुक्रबारदेखि सिनेमा हल सञ्चालन गर्ने तयारीमा जुटेका छन् । नेपाल चलचित्र संघले सरकारले फिल्म क्षेत्रलाई वेवास्था गरेको भन्दै गएको हप्ता पुस १० गतेबाट सिनेमा हल खोल्ने स्वःघोषणा गरेको थियो ।

अहिले हल सञ्चालकहरु १० महिनादेखि बन्द रहेको सिनेमा हलको सरसफाइमा जुटेका छन् । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिनेमा हल खोल्न लागिएको हो । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउने जनाएका छन् ।

प्रदर्शनको क्रममा रोकिएका दुई नेपाली फिल्म ‘आमा’ र ‘सेन्टी भाइरस’ शुक्रबारबाट पुनः प्रदर्शन गर्ने तयारी भएको चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताएका छन् । मल्टीप्लेक्समा भने यी दुई नेपाली फिल्मसँगै हलिउड फिल्म ‘मुलान’ र ‘ब्लडसट’ प्रदर्शन हुँदैछन् ।


  •  
  •  
  •