अब मात्र ३२ सयमा स्मार्टफोन

89
  •  
  •  
  •  

celkon-nova-a352eकाठमाडौ, २४ असोज(एजेन्सी) : भारतीय स्मार्टफोन निर्माता कम्पनी सेलकोनले नयाँ अल्ट्रा लो बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । सेलकोन कैम्पस नोवा A352E नामको उक्त स्मार्टफोनको मूल्य मात्र ३ हजार २ सय छ ।

स्मार्टफोनमा स्मार्टफोनका बेसिक फिचरहरू उपलब्ध छ । यस स्मार्टफोनमा कुनै पनि अहिले आएका नयाँ सुविधा र राम्रा सुविधाहरू भने उपलब्ध छैन् । यो स्मार्टफोन सुविधायुक्त स्मार्टफोनको ब्याकअपका रूपमा लिन सकिन्छ ।

स्मार्टफोन यति सस्तो हुनुको कारण हो यसमा केही पनि राम्रा फिचरहरू छैनन् । मात्र स्मार्टफोन हुनुका लागि आवश्यक पर्ने आधारभूत सुविधाहरू मात्र यस मोबाइलमा प्रयोग गरिएको छ ।

सेलकोन कैम्पस नोवा A352E स्मार्टफोनमा सिंगल कोर 2G नेटवर्क सपोर्ट गर्ने प्रोसेसरको प्रयोग गरिएको छ । यसमा एण्ड्रोइड जेलिबिन ४.२ अपरेटिङ सिस्टम रहेको छ भने ३.५ इन्चको स्क्रिन रहेको स्मार्टफोन ३२०*४८० पिक्सेलको रिजोलुसनको रहेको छ । यसमा २५६ एमबी र्याम, ५१२ एमबी इन्टरनल मेमोरी र कार्ड प्रयोग गरेर मेमोरीलाई ३२ जिबिसम्म बढाउन सकिन्छ ।

यसमा २ मेगापिक्सेलको रेयर क्यामराको साथमा LED फ्ल्यासको सुविधा छ । १ सय ६ ग्राम तौल रहेको यो फोनमा १४०० mAh को ब्याट्री प्रयोग गरिएको छ ।


  •  
  •  
  •