सबैभन्दा धेरै कमाउने सेलिब्रेटी आमाहरु

389
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएनएस) : आमा बन्नु २४ घण्टे जागिर खानु जत्तिकै गाह्रो काम हो । आमाका लागि कुनै दिन बिदा हुदैन । छोराछोरीको जन्म सहित केहि आमाले आफ्नो पेशागत काममा पूर्णबिराम लगाउने गर्छन् ।

तर भारतमा यस्ता आमा पनि छन् जसले सन्तान र कामलाई सँगसँगै अगाडि बढाइरहेका छन् । ती मध्ये एक हुन् माधुरी दिक्षित । डान्स रियालिटी सोमा जज बन्नु, फिल्ममा देखिनु र साथमा दुई छोरालाई सम्हाल्नु उनका लागि दिनचर्या बन्दैछ । संचारमाध्यमले माधुरीले सन् २०१३ मा कमाएको सम्पति अनुमानित २५ करोड रहेको खुलाएको छ ।

दुई छोराछोरीका आमा तथा बलिउड अभिनेत्री काजोल फिल्ममा देखिन्नन् । तर उनको व्यस्तता भने घटेको छैन् । विज्ञापन, सामाजिक कार्यक्रमबाटै उनीले बार्षिक १९ करोड कमाउने भारतिय संचारमाध्यमले जनाएको छ ।

छोरीको जन्मसँगै बलिउडबाट टाढिए पनि ऐश्वर्य राय वच्चनले विज्ञापन मार्फत बार्षिक १४ करोड कमाउने अनुमान गरिएको छ ।


  •  
  •  
  •