कसरी मनाउँदैछन् सेलिब्रेटीले दशै ?

1075
  •  
  •  
  •  

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैं घरआँगनमा भित्रिसकेको छ । सधै एक्सन कटमा रमाउने कलाकार हुन् वा सर्वसाधार सबैलाई दशैंले छोएको छ । केही नेपाली कलाकार यो वर्षको दशैं नेपालबाहिर मनाउँदैछन् भने कोही यसपटक आफूलाई दशैंको रौनकले नछुने बताउँछन् । कतिपयलाई त कामको चटारोले दशैं आएको महसुस समेत भएको छैन रे । जे जस्तो भए पनि दशैं मनाउने सेलिब्रेटीका आ–आफ्नै योजना छन् । प्रस्तुत छ सेलिब्रेटीका दशैं योजना उनीहरूकै शब्दमाः

निता ढुंगाना (अभिनेत्री)
nitaदशैंका लागि म सधैं हेटौंडा जान्थेँ । यसपालि भने परिवारका सबै सदस्य काठमाडौं आउनु भएको छ । त्यसैले यो दशैं यतै मनाइन्छ । दशैंका लागि खासै ठूलो योजना बनाएकी छैनन् । तास खेल्छु, मासु खान्छु यति नै हो । परिवारसँग बसेर तास खेल्न मलाई रमाइलो लाग्छ । म्यारिज र फरास खेल्न जानेकी छु । यो खेलमा पैसा पनि जित्छु । दशैंका लागि भनेर छुट्टै सपिङ गरेकी छैन । तर, दशैंलाई पनि हुने र चलचित्रका लागि पनि हुने हिसाबले भर्खर ८० हजार रुपैयाँको सपिङ गरें । दशैंको सबैभन्दा राम्रो पक्ष मलाई टीका लगाएर आफूभन्दा ठूलाबाट आशिर्वाद लिने लाग्छ । गाउँमा त पिङ खेलिन्थ्यो । काठमाडौंमा खेल्न पाइँदैन होला हेरौँ के हुन्छ ।

रेखा थापा (अभिनेत्री )
rekha 3यो दशैं दर्शककासाथ मनाउने योजना छ । फूलपातीबाट मेरो निर्माण निर्देशनमा बनेको चलचित्र प्रदर्शनमा आउँदैछ । दशैंको अवसर पारेर यसलाई प्रदर्शनमा ल्याउन लागेकी हुँ । चलचित्र प्रदर्शन अवधिभर म उपत्यका र उपत्यका बाहिरका धेरै चलचित्र भवनमा पुगेर दर्शककासाथमा चलचित्र हेर्नेछु । रेखाले केही महिनाअघिदेखि नै चलचित्रकै प्रमोसनमा व्यस्त भएकाले दशैंका लागि सपिङ र अन्य योजना बनाउन नभ्याएको बताइन् ।

नन्दिता केसी (अभिनेत्री )
nandita-kc-103खासै कुनै योजना बनाएकी छैन । कान्छो हजुरबुबा बित्नु भएकाले यसपाली कुनै योजना नबनाएकी हुँ । म सोमबार) कार्यक्रमका लागि अर्धाखाँची आएकी छु । दशैं पनि यतै मनाउने योजना छ । मेरो घर पनि यतै हो । मलाई दशैंको सबैभन्दा मनपर्ने पक्ष भनेको टीका हो । हाम्रो गाउँमा दशैंमा खासै पिङ खेल्ने चलन छैन । दशैं मनाउन नहुने भएकाले सपिङ गरेकी छैन । सायद गर्दिन होला ।

 

 

निर्मल शर्मा (गैंडा) (हास्य अभिनेता)
nirmal sharmaकेही वर्षयता मेरो दशैं उल्लासमय भएको छैन । सायद यसपटक पनि हुँदैन होला । फूलपातीको दिनसम्म म चलचित्रको काममै व्यस्त हुन्छु होला । त्यसपछि आफ्ना परिवारलाई समय दिन्छु । दशैंका नाममा जुवातास खेल्ने, जाँडरक्सी खाने मेरो बानी छैन । अरूलाई पनि कुलतबाट टाढा रहन सल्लाह दिन्छु । दशैंका लागि भनेर अहिलेसम्म केही किनेको छैन । केटाकेटीका लागि सपिङ गर्नुपर्छ । पछिल्लो समय हाम्रो देशमा चाड भड्किलो बन्दैछ । अरूलाई देखाउनभन्दा पनि आफ्नो गक्षअनुसार दशैं मनाउन सबैलाई सुझाव दिन्छु ।

पुजना स्त्री (अभिनेत्री )

Pujana-Pradhanमेरो निर्माण रहेको चलचित्र ‘चकलेट’ को अहिले छायांकन भइरहेको छ । म यसकै कामले फूलपातीको दिनसम्म व्यस्त छु । चलचित्रको कामले गर्दा दशैंका लागि छुट्टै सपिङ गर्ने फुर्सद मिलेको छैन । चाडबाडको नाममा तडक–भडक गरेको मलाई मन पर्दैन । सायद दशैंका लागि भनेर सपिङ गर्दिन होला यस वर्ष ।

 

गोविन्द शाही (नायक–निर्माता)
govinda shahiयस वर्षको मेरो दशैं युरोपमा हुनेछ । किन भने म चलचित्र ‘पराई’ र ‘आभाष’ प्रदर्शनका लागि युरोप जाँदै छु । युरोपमा रहेका नेपाली दाजुभाइसँगै दशैं मनाउने योजना बनाएको छु । दशैं मलाई सबैभन्दा मनपर्ने चाड हो । यो चाडमा आफूभन्दा मान्यजनका हातबाट टीका थापेर आशिर्वाद लिन पाइन्छ । दशैंका लागि भनेर केही सपिङ नगरे पनि युरोप टुरमा हल्का सपिङ गरेको छु ।

 

झरना थापा (अभिनेत्री )
Jharana_Thapa_Editedदशैंलगतै हङकङगमा आयोजना हुने नेफ्टा अवार्डको तयारीमा लागिपरेकी छु । त्यसको अलवा दुई मैथली चलचित्र अभिनय गर्ने तयारी नै हो । यस वर्ष घरमा जुठो परेकाले दशैं सामान्य हुन्छ । टीका लाइँदैन । भने टीका थाप्न पनि गइँदैन होला । दशैं नहुने भएपछि सपिङ पनि गरेकी छैन । परिवारसँग पूरै दशैं मनाउनु । दशैंमा हल्का तास खेल्न मनपर्छ । तर फरास बाहेक खेल मलाई मन पर्दैन ।


  •  
  •  
  •