विश्वकप क्रिकेट : अफगानिस्तानसामु २ सय ११ रनको लक्ष्य

222
  •  
  •  
  •  

काठमाडौं १४ फागुन (ओएनएस) :  विश्‍वकप क्रिकेटमा दक्षिण एसियाली टोली अफगानिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ। अहिले जारी खेलमा स्कटल्यान्डले अफगानिस्तानलाई २ सय ११ रनको विजय लक्ष्‍य दिएको छ। न्युजिल्याण्डमा जारी खेलमा स्कटल्यान्डले ५० ओभरको खेलमा सबै विकेट गुमाएर २ सय १० रन बनाएको छ।

CRICKET-WC-2015-AFG-SCOस्कटल्यान्डका लागि म्‍याट म्‍याचन र मजिद हकले बराबरी ३१ ३१ रनको योगफल तयार पारे। बलीङतर्फ अफगानिस्तानका शपुर जड्रानले ४ विकेट लिए भने दौलत जड्रानले ३ विकेट लिए ।
म्‍याचनले २८ बलमा ४ चौका प्रहार गर्दै ३१ रन बनाए भने हकले ५१ बलमा ३ चौका प्रहार गर्दै ३१ रन जोडे। यस्तै अलासदइर इभान्‌सले ३७ बलमा ३ चौका प्रहार गर्दै २८ रन बनाए भने किल कोइट्‌जर रिचिइ बेरिङले बराबरी २५ र२५ रन बनाए।

अफगानिस्तानका सपुर जद्रानले स्कटल्यान्डको चार विकेट लिए भने दौलत जद्रानले ३ विकेट लिए। अफगानिस्तान ब्‍याटिङको सामनाका लागि मैदानमा ओर्लिएकोे छ ।


  •  
  •  
  •