सिइबिडि हाइड्रोपावरको आइपीओ वैशाख १७ देखि बिक्री खुल्ला

87
  •  
  •  
  •  


काठमाडौं । सिइबिडि हाइड्रोपावर कम्पनीको आइपिओ वैशाख १७ गतेदेखि बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
आइपीओमा वैशाख १७ गतेदेखी बैशाख ३१ गते आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । तर छिटोमा भने बैशाख २१ गते नै आइपीओ बिक्री बन्द हुने उल्लेख गरिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात् ५० हजार ३ सय ३६५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता नागरिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता आइपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।


  •  
  •  
  •