सरकारले सिडियो नपठाउँदा सेवाग्राही मर्कामा

तीन महिनादेखी प्रजिअ र सहायक प्रजिअ विहीन जिल्ला प्रशासन, गृह भन्छ छिट्टै सिडिअाे पठाउने
394
  •  
  •  
  •  

काठमाडौं, ९ चैत (अाेएनएस): नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनेको करिब ५ साता बितिसक्दा पनि सरकारले प्रमुख जिल्ला अधिकारी(सिडिओ) को रुपमा कर्मचारी नपठाउँदा उदयपुरका सेवाग्राही मर्कामा परेका छन्।

तीन महिनादेखि प्रजिअ र सहायक प्रजिअसमेत जिल्ला प्रशासन कार्यालयमा उदयपुरमा नहुनाले सो जिल्लाको प्रशासनिक र न्यायिक कार्यमा ढिलासुस्ती हुनुको साथै काममा अवरोध समेत भएको छ।

प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर गएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्की समेत अन्यत्र गएदेखि हालसम्म प्रशासन कार्यालय प्रमुख विहीन बनेको सोही कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले बताए।

उनले भने,‘प्रजिअ र सहायक प्रजिअ कार्यालयबाट गएदेखि म निमित्त प्रजिअको कार्यभार सम्भाल्दै आएको छु।’
सिडियो र सहायक सिडियोले नै हेर्नुपर्ने खालका झन्डै दुई सयजति विभिन्न सार्वजनिक मुद्दा थन्किएर बसेको कार्यालयका एक कर्मचारीले बताए।
उक्त सार्वजनिक मुद्दा अनिर्णित भएर बसेको कार्यालयले जनाएको छ ।

निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन दिने नयाँ सरकारले घोषणा गरेपनि जिल्लामा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्था गर्न नसकेकामा नेकपा माओवादी केन्द्रका नेत्री तथा पूर्वसांसद मणि खम्बूले चिन्ता व्यक्त गरे।

कर्मचारी भन्छन्, “प्रशासनमा उजुरी आइरहेका छन्, आफूहरुलाई निर्णय गर्ने अधिकार छैन, जनताले दुःख पाएका छन्।”

सिडिअाेकाे हेरफेर र व्यवस्थापन गृहमन्त्रालयले गर्ने गर्छ। गृह स्राेतका अनुसार तीन जिल्लामा अहिले पनि सिडिअाेहरु छैनन्। तनहु,उदयपुर र सिरहा जिल्लामा सिडिअाे नहुँदा कानूने ताेकेकाे सिडियाेले गर्ने काम कारवाहीहरु राेकिएकाे छ।

सिडिअाे नभएका जिल्लामा सिडिअाे पठाउने बारे छलफल भइरहेकाे गृहमन्त्रायलले जनाएकाे छ। गृह स्राेतका अनुसार यी तीन जिल्लामा सिडिअाेकाे लागि सहसचिव स्तरका कर्मचारी अावश्यक पर्ने भएकाेले ढिलार्इ भएकाे छ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले छिट्टै भन्दा छिट्टै सिडिअाे नभएका जिल्लामा अावश्यक प्रकृया पुरा गरी सिडिअाे पठाउन बताए।


  •  
  •  
  •