काठमाडौं, भदौ १६ (ओएनएस) : बतास ब्रदर्स मोटर प्रा.लिका साञ्चालक शान्ताराज बतास र आनन्दराज बतासको आर्थिक प्रलोभनमा परि काठमाडौंका सिडियो वसन्तराज गौतमले मोटर वर्कसप कब्जा गर्न आदेश दिएको आरोप लगाइएको छ । गौतमले काठमाडौं धापासी–८ स्थित डिबी गुरुङले सञ्चालन गर्दै आएको काउन्टी मोटर वर्कशप कब्जा गर्न सहयोग गरेको भन्दै पीडित गरुङ्ले कानुनी कारवाहीको माग गरेका छन् ।
सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पीडित डिबी गुरुङ्ले कानुनलाई आफ्नो हातमा लिएर काठमाडौका जिल्ला प्रशासन कार्यलयका प्रमुख गौतमले बतास ब्रदर्स मोटर प्रा.लिका साञ्चालक शान्ताराज बतास र आनन्दराज बतासको प्रभावमा परी आफ्नो वर्कशप गुण्डाहरु प्रयोग गरि कब्जा गरेको आरोप लगाउँदै तत्काल कानुनी कारवाहीको माग गरेका ह्नु ।
कार्यक्रमा बोल्दै पीडित गुरुङ्ले भने, ‘मैले विगत बीसौ वर्षदेखि वर्कसप सञ्चालन गर्दै आएको थिएँ । वर्कशप सम्बन्धी विवाद अहिले पनि अदालतमा विचारधिन छ । त्यसैले अदालतमा विचाराधिन मुद्या अन्तिम निर्णय नहुन्जेलसम्म जिल्ला प्रशासन कार्यलयले हस्तक्षेप गर्न पाउँदैन, मलाई आश्चर्य लागेको छ । जिल्ला प्रशासन कार्यलयले अदालतमा विचारधिन मुद्दा हुँदाहुँदै बलजफ्दी प्रहरी प्रशासन प्रयोग गरि वर्कशप कब्जा गरिएको छ । यो लोकतन्त्रमा दिउँसै यसरी प्रशासनले नै ठाडो हस्तक्षेप हुँदा नागरिकले न्याय कहाँबाट पाउने ?’
करोडौको सम्पत्ती नोक्शानी पार्ने, कार्यलय तथा वर्कशपमा सिलबन्दी गर्ने, वर्कशप खाली गराउन धम्की दिने, अड्डा अदालतको आदेश पालना नगर्ने लगायतका कामकारवाहीहरु गरिरहँदा प्रहरी प्रशासनमा उजरी गर्दा समेत कुनै सुनुवाई नगरी उल्टै धम्क्याउने जस्ता कार्य गरेको गुरुङ्ले बताएका छन् ।