१६ जिल्लाका सिडिओको हेरफेर(हेर्नुहोस् सूचीसहित)

587
  •  
  •  
  •  

काठमाडौं । सरकारले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ।

गृह मन्त्रालयले आइतबार १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको  हो।

त्यस्तै, आइतबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ सह-सचिवहरूको पनि सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसाल अर्थ मन्त्रालयमा सरुवा भएका छन् । उनी प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय सुरक्षा तथा कूटनीतिक समन्वय महाशाखाका अतिरिक्त शासकीय सुधार महाशाखा र प्रवक्ताको भूमिकामा थिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक समेत परिवर्तन भएको छन् । संघीय मामिलाले विभागको महानिर्देशकको भूमिकामा रहेका विष्णुकुमार भुसाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको हो ।

हेर्नुहोस्


  •  
  •  
  •