मिर्चैयामा सिसी क्यामेरा जडान गरिने

282
  •  
  •  
  •  

meeting about cctv at mirchaiyaसिरहा, ९ पुस(ओएनएस) : केही समयअघि घोषणा गरिएको मिर्चैया नगरपालिकामा शान्ति सुरक्षा चुस्त बनाउनका लागि सिसी क्यामेरा जडान गरिने भएको छ ।

दैनिक रूपमा हुने आपराधिक घटनाहरू रोक्न तथा शान्ति सुरक्षालाई चुस्त राख्नका लागि सिसी क्यामेरा जडान गर्ने निर्णय गरिएको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाले आफ्नो कार्य क्षेत्र भित्र भरपर्दो शान्ति सुरक्षा कायम गरि अपराधिक गतिबिधीलाई नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन मिर्चैयामा सिसी क्यामेरा जडान गर्न अग्रसर भएका थिए । सिसी क्यामेरा जडान गर्नका लागि स्थान र आर्थिक श्रोत जुटाउनका लगि मंगलबार बसेको बृहत छलफलबाट ११ सदस्यीय समिति समेत गठन गरिएको छ ।

उक्त छलफलमा स्थानीय राजनीतिक दल, समाजसेवी, बुद्धिजीवि, नागरिक समाज र सञ्चारकर्मीहरू लगायत विभिन्न वर्गका ब्यक्तिहरूको उपस्थिती रहेको थियो ।


  •  
  •  
  •