काठमाडौं, २१ असार (एजेन्सी) सोशल मिडियामा केही दिनयता यो दुई रंगको विरालो चर्चामा छ । यो विरालोको नाम विनस हो । यो विरालाको दुईवटा अनुहार, दुई रंगमात्र होनइन आँखा पनि दुई रंगको छ । यो विरालाको तस्वीर हेर्दा कि कसैले फोटोसपबाट बनाएको हो ।
तर, यर्थाथ त्यस्तो होइन । यो विरालो बास्तविक हो । जसले यो विरालोलाई अलग अलग दिशाबाट हेर्छ उनीहरुलाई आफ्नो सामु दुईवटा विरालो भएको भान हुन्छ । तर, अगाडी आएर हेरेपछि मात्र थाहा हुन्छ आफ्नो अगाडि एउटै विराला छ । यो संसारको यस्तो विरालो हो जसको अनुहार र आँखा दुई रंगको छ ।