रोयल क्यासिनो सञ्चालन

155
  •  
  •  
  •  

काठमाडौं, ७ असोज (ओएनएस) : गत वैशाख ७ गतेदेखि बन्द रहेको क्यासिनो रोयल सोमबारदेखि सञ्चालन भएको छ ।

सरकारले क्यासिनो बन्द गराएपछि रोयलका सञ्चालक सर्वाेच्च अदालत पुगेका थिए । सर्वाेच्चले गत शुक्रबार क्यासिनो रोयललाई सञ्चालन गर्न आदेश दिएको थियो । सर्वाेच्चको त्यही आदेशबाट क्यासिनो रोयल सञ्चालनमा आएको हो ।

रोयलमा झण्डै सात सय कर्मचारी छन् । क्यासिनो सञ्चालन सुरु भएपछि लामो समय बेरोजगार बसेका कर्मचारीले खुसी व्यक्त गरे । क्यासिनोमा नेकपा–माओवादीनिकट कर्मचारी युनियनका सचिव कुमार खत्रीले भने, ‘पाँच महिना बेरोजगार भएर बस्नुप¥यो, अब क्यासिनो चलेपछि समस्या समाधान भएको छ ।’ देशमा १० वटा क्यासिनो सञ्चालनमा थिए ।

सरकारले कर वृद्धि गरेपछि बन्द भएका ती क्यासिनोमध्ये रोयल मात्र सञ्चालन भएको हो । अन्य क्यासिनो सञ्चालनको तयारीमा रहेको क्यासिनो एसोसिएसन अफ नेपालले जनाएको छ ।


  •  
  •  
  •