प्रहरीद्वारा २ क्यासिनोमा छापा, २३ जना पक्राउ

308
  •  
  •  
  •  

रुपन्देही,  २ माघ (ओएनएस) : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाका दुई वटा क्यासीनोमा छापा मार्दा गैरकानुनी एवं अवैधढंगले खेलखेलिरहेका तथा हेर्ने २३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शुक्रवार मध्यान्ह लाकौल र नान्स होटलमा संचालित मिनि क्यासिनोहरुमा छापा हानी २३ जना नेपालीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले होटल नान्स क्यासिनोबाट–९ जना र होटल लाकौल क्यासिनोबाट–१४ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्वाही वढाईएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दए ।

क्यासीनोमा पक्राउ परेका उनीहरु भैरहवा, बुटवल, काडमाण्डौं, पोखारा र नारायणगढका युवा एवं धनाढ्यका साथै सामान्य नागपरिकहरु रहेको प्रहरी अनुसन्धान अधिकारीले बताए ।


  •  
  •  
  •