क्यासिनोकाे अनुगमन शुरु

229
  •  
  •  
  •  

काठमाडौं । पर्यटन विभागले नेपालमा रहेको क्यासिनोको अवस्थाबारे अनुगमन थालेको छ ।

नेपालका सबै तारे होटलमा सञ्चालित क्यासिनको अवस्था अध्ययन गरी सोही आधारमा नवीकरण गरिने भएकाले अनुगमन शुरु गरेको हो ।

पहिलो चरणमा काठमाडौंका चार क्यासिनो अन्ना, महाजोङ, क्यासिनो हयात र मल्ल होटलको बेलिज क्यासिनो अनुगमन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

यस्तै बाँकी क्यासिनो पनि क्रमशः अनुगमन गरिनेछ । नेपालमा साना र ठूला गरी २० क्यासिनो सञ्चालनमा छन् । साना क्यासिनो सबै सर्वोच्च अदालतको निर्णयको प्रतिक्षामा छन् ।


  •  
  •  
  •