नक्कली प्रमाणपत्र पेश गर्ने माथि मुद्दा दायर

98
  •  
  •  
  •  

काठमाडौं, ३१ असोज (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गरेको अभियोगमा एक जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धन्कुटाका तत्कालीन प्रहरी नायब निरीक्षक सुभद्रा कुमारी बस्नेतले बढुवा प्रयोजनको लागी पेश गरेको विहार विद्यालय परीक्षा समिती, पट्ना, भारतबाट सन् १९९५ मा माध्यमिक तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारले जनाएको छ ।

अधिकारीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदावी गर्दै विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।


  •  
  •  
  •