१४ चेपाङका परिवारद्वारा शेरबहादुर देउवाविरूद्व उजुरी

138
  •  
  •  
  •  

sher bahadur deubaधादिङ, १४ जेठ(ओएनएस) : तत्कालिन युद्धकालमा कालिकोटको कोटवाडास्थित निर्माणाधिन विमानस्थलमा मारिएका जोगीमाराका चेपाङ मजदुरहरुका आफन्तहरुले धादिङको शान्ति समितिमा उजूरी दर्ता गराएका छन् ।

बिहीबार सदरमुकाम पुगेका १४ जना मृतकका परिवारले आवश्यक कारबाहीको माग गर्दै तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा, तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाल, तत्कालीन कालिकोट प्रजिअ र तत्कालीन कालिकोट स्थित नेपाली सेनाका गणपतिविरूद्ध उजूरी दर्ता गराएका हुन् ।

उनीहरूले घटनाविरूद्व सर्वोच्च अदालतमा २०५९ सालमा जेठ २७ गते उजुरी दर्ता गराएपनि हालसम्म कुनै फैसला हुन सकेको छैन् । उनीहरूले आफूले सर्वोच्चमा दिएको मुद्धामा कुनै फैसला नभएपछि न्यायका लागि पुनः सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएको बताएका छन् ।

द्वन्द्वकालमा अछाम सदरमुकाम मंगलसेन आक्रमणपछि भागेर आएका माओवादी लुकेको आशंकामा सेनाले गरेको कारबाहीमा २०५८ फागुन ११ गते ३५ जनाको मृत्यु हुँदा १७ जना धादिङ जिल्लास्थित जोगीमारा वडा नम्बर १, ५ र ७ हेकराङ्ग, कोचराङ्गका मजदुर थिए ।

पीडितहरुले हालसम्म सरकारबाट ५ लाख रुपैयाँ राहत रकम पाएका छन् ।


  •  
  •  
  •