बीमा संस्थानका कर्मचारी शर्माविरुद्ध भ्रष्टाचार मुद्दा

127
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीमा समितिका कम्प्युटर अपरेटर विजयकुमार शर्माविरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनले नियुक्त प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुट्टा देखिन आएको भन्दै मुद्दा दायर गरेको हो । शर्मालाई भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिम सजाय हुने बताइएको छ । शर्मासँग सन् १९८७ मा भारतको विहार विद्यालय परीक्षा समितिबाट आइएसी उत्र्तीण गरेको प्रमाणपत्र छ ।


  •  
  •  
  •