दाहाल विरुद्व गाली वेइज्जतीको मुद्दा

158
  •  
  •  
  •  

dahalकाठमाडौं,२५  कात्तिक (ओएनएस) : एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल विरुद्व गाली वेइज्जतीको मुद्दा दायर भएको छ ।

नेपाली कांग्रेस इलामका सदस्य समिप घिमिरेले उनीविरुद्व जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । घिमिरेले रिटमा सोमबार पत्रकारसँगको कुराकानीमा दाहालले एमाले र कांग्रेसलाई गाली गरी अपमान गरेको उल्लेख गरेका छन् ।

साथै १ करोडको क्षतिपूर्ती र हदैसम्मको सजायको माग गरिएको छ । रिटमा मुद्दा गर्दा लाग्ने खर्च बापतको ५० हजार समेत दाहालले तिर्नुपर्ने बताइएको छ । पत्रकारसँगको भेटमा दाहालले लात खाने बानी परेका कांग्रेस एमालेले बात मानेनन् भनेका थिए । राजनीतिक पार्टीलाई होच्याएको आरोप निवेदनमा लगाइएको छ ।


  •  
  •  
  •