किन पर्यो मुद्दा रानीपोखरीको पुनःनिर्माण विरुद्ध

384
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन (ओएनएस) : रानीपोखरीको पुनःनिर्माणमा जथाभावी गरेको भन्दै एक समुहले महानगरीय प्रहरी परिसर काठमाण्डौँमा मुद्दा दर्ता गरेको छ।

सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको समूहले वास्तविक संरचना गुम्नेगरी नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोप लगाउँदै अनुसन्धानको लागि मुद्दा दर्ता गरेको परिसरका प्रवक्ता मोहन थापाले बताए।

सम्पदा बचाउ अभियानका एक सदस्यले भने, ‘रानीपोखरीको वास्तविक संरचना नै गुम्नेगरी पुनःनिर्माण गर्न खोजिएकोले कानून विपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् भन्ने उद्देश्यले मुद्दा दर्ता गरिएकाे छ।’

पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका निर्देशक उत्तरकुमार रेग्मी, रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएका वर्ल्डवाइड कँडेल जेभीका ठेकेदार अर्जुन कँडेललाई विपक्षी बनाएर मुद्दा दर्ता गरिएको हो ।

रानीपोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यान नदिई जथाभावी पुनःनिर्माण गर्न खोजिएकाले संविधानको धारा ३२ ले दिएको अधिकार प्रयोग गरी फौज्दारी मुद्दा दर्ता गरिएको छ।

सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ ९१० बमोजिम मुद्दा दर्ता गरिएको छ।


  •  
  •  
  •