घुस खाने तीन अधिकृत पक्राउ

358
  •  
  •  
  •  

काठमाडौं, ३० असार (ओएनएस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागको ५ नम्बर डिभिजन कार्यालयय भरतपुरमा सेवाग्राहीबाट घुस लिएको आरोपमा तीन जना अधिकृतलाई नगदसहित पक्राउ गरेको छ । कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेका इन्जिनियरहरु रामभन्द्र पण्डित, मधु अधिकारीी र लेखा अधिकृत ऋषिभक्त तिमिल्सिना पक्राउ परेका हुन् ।
उनीहरुबाट २ लाख ५७ हजार नगदसमेत बरामद भएको अख्तियारले जनाएको छ ।
यसैगरी अर्का इन्जिनिएर चन्द्रप्रकाश लामिछाने १ लाख रुपैंयासहित फरार भएका छन् । उनको खोजी भइरहेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •