सेनामा २२ सय भन्दा बढि पदमा दरखास्त आव्हान

199
  •  
  •  
  •  

काठमाडौँ, १५ वैशाख(ओएनएस) : नेपाली सेनाले विभिन्न २२ सयभन्दा बढी पदमा खुला दरखास्त आव्हान गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै सेनाको भर्ना छनौट निर्देशनालयले २ हजार २ सय १४ विभिन्न पदमा खुला दरखास्त आव्हान गरेको हो । सेनाले सैन्य जवान, ड्राइभर, लेखा जमल्दार लगायतको दरखास्त मागेको छ ।

विभिन्न पदका लागि छुट्टा-छुटै योग्यताहरु निर्धारण गरिएका छन् । सेनाले सैन्य जवान पदमा १ हजार ५ सय ७५ जना माग गरेको छ । यस्तै, अमल्दार बन्दोबस्ती कार्य सिपाही, कुचिकार, ड्राइभर, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी, सयस लगायत पदमा पनि सेनाले दरखास्त मागेको छ ।

यी पदहरुमा आगामी जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ । सैन्य जवानका लागि कक्षा ८ पास अनिवार्य गरिएको छ भने अन्य विभिन्न सीपमूलक पदहरुमा सामान्य लेखपढ गर्न जान्नेले पनि आवेदन दिन सक्नेछन् ।


  •  
  •  
  •