साथीको श्रीमतीलाई बलत्कार पछि हत्या गर्न खोज्ने प्रहरीको फन्दामा

336
  •  
  •  
  •  

काठमाडौं, २९ मंसिर (ओएनएस) : आफ्नै साथीको श्रीमतीलाई बलत्कार पछि हत्या गर्न खोज्ने तीन जना प्रहरीको फन्दामा परेका छन् । अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको प्रहरीले जनाएको छ ।
पक्राउपर्नेहरुमा रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर रहेका छन् । उनीहरुपीडित युवतीकै श्रीमानका साथीहरु भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइएको ललितपुर प्रहरीले जनाएको छ ।
साँझ करिब पौन सात बजेको समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गर्दा बाटोमा रहेका केही युवाहरुले उनलाई सडकबाट धकेलेर झाँडीमा पु¥याए । उनले हारगुहार गरिन्, कराउन थालेपछि मुख थुनेर बलत्कार प्रयास गरेका थिए ।
युवती बेलुका घर नआएपछि परिवारले युवतीको खोजी सुरु गरेका थिए । फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए ।


  •  
  •  
  •