कार चोरी गर्ने होटेल मालिक पक्राउ

404
  •  
  •  
  •  

car-theftकाठमाडौ, २४ मंसिर(एजेन्सी) : पटना प्रहरीले मंगलबार कार चोरी गर्ने चोरलाई पक्राउ गरेको छ । उक्त कार चोरी गर्ने व्यक्तिले उक्त चोरी गरेको पैसाले नै दुई वटा होटेल बनाएका थिए ।

प्रहरीले सोनु आलम नामका चोरलाई पक्राउ गरेको हो । सोनु कार चोर्ने समूहसँग आवद्ध थिए । कार चोरी गरेको कमाईबाट यीनले पटनाको एसपी वर्मा रोड र एग्जिभिसन रोडमा दुईवटा होटेल निर्माण गरेका थिए । आरोपीले प्रहरीको सोधपुछका क्रममा उसले ५० देखी ६० वटासम्म कार चोरेको स्विकार गरेका छन् । चोरी गरिएका ती कारमा लग्जरी गाडीहरू पनि रहेको बताएका थिए ।

सोनु मेगा प्यालेस र न्यु मेगा प्यालेसका मालिक हुन् । सोनुले गाडीको लक खोल्नमा निकै एक्सपर्ट छन् । प्रहरी अधिकारी शिवदीप वमन लान्देका अनुसार सोनु आफ्नो साथीहरुसँग मिलेर गाडी चोर्ने गर्थे र नेपाल तथा नर्थइष्टमा लगेर बेच्ने गर्थे ।

२ अक्टुबरमा सोनु राम कृष्ण नगरमा राजेन्द्र प्रसादको एसयुवी चोरेका थिए । उक्त क्रममा सिसिटिभीको भिडियो फुटेजका कारण उनको पहिचान गरि पक्राउ गरिएको थियो । प्रहरीले गरेको सोधपुछका क्रममा उनले उक्त गाडी नेपालमा बेचेको बताएका थिए । सोनुका अनुसार उसका साथमा करिब १ दर्ज मानिस काम गर्छन् र होटेलमा बस्ने गर्छन् । सोनुका ४ भाई छन् र उनले चोरीको पैसा भाईहरूको रियल स्टेटको बिजनेसमा पनि लगानी गर्ने गर्थ्यो ।


  •  
  •  
  •