टर्कीमा कार बम बिस्फोट, ३४ को मृत्यु…(तस्विरसहित)

605
  •  
  •  
  •  

car-bomb-blast-in-turkeyकाठमाडौँ, १ चैत्र(एजेन्सी) : टर्कीको राजधानी अंकारामा आइतबार राती भएको कार बम विस्फोटमा परि कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने १ सय २५ जना घाइते भएका छन् ।

आक्रमणका क्रममा विस्फोटक पदार्थले भरिएको एक कार बस स्टपमा विस्फोट गरिएको थियो । हमलाकारीमा एक महिला पनि सहभागी थिइन् । विस्फोटबाट चलिरहेको बसमा रहेका ४० जनामध्ये २० यात्रुको उनीहरू बसेकै सिटमा मृत्यु भएको थियो ।

car-bomb-blast-in-turkey1आक्रमण टर्कीको स्थानीय समयानुसार आइतबार बेलुका ६ बजेर ४३ मिनेटमा सेन्ट्रल गुवेन पार्क र किजिले स्क्वायरको नजिकै भएको थियो । कार विस्फोट हुँदा त्यसको आवाज केही किलोमिटरको दूरीसम्म सुनिएको थियो । करिब २ मिटर वरिपरि रहेका गाडीमा आगो लागेको थियो ।

उक्त आक्रमण कुर्दिस्तान वर्कर्स पार्टीले गरेको हुन सक्ने आशंका गरिएको छ । उक्त समूहले टर्कीमा ३० वर्षदेखी हिंसा मच्चाउँदै आएको छ ।

car-bomb-blast-in-turkey2विस्फोट भएको स्थान नजिकै न्यायाधीश, मन्त्रीहरू र पूर्व प्रधानमन्त्रीको निवास रहेको छ । टर्कीका राष्ट्रपति तैयप इरडोगनले आक्रमणबाट हाम्रो देशको एकतामा नोक्सान भइरहेको छ । तर, हामी आतंकविरूद्धको लडाईलाई कमजोर हुन दिने छैनौँ ।

car-bomb-blast-in-turkey3अमेरिकन राजदुतावासले आक्रमणको चेतावनी दिएको थियो । सुरक्षा अधिकारीहरूका अनुसार हमलामा बीएमडब्ल्यु कारको प्रयोग गरिएको थियो । आक्रमणमा एक महिला र एक पुरूषको सहभागीता रहेको थियो । कार चलाइरहेकी महिलाको हात ३ सय मिटर टाढा भेटिएको थियो ।

विस्फोटबाट घाइतेमध्ये १९ जनाको अवस्था गम्भिर रहेको समाचारहरूमा जनाइएको छ ।

car-bomb-blast-in-turkey4टर्कीका सञ्चारमाध्यमहरूका अनुसार अंकाराको एक अदालतले कार बम विस्फोटको तस्विर सामाजिक सञ्जालमा पोष्ट हुन रोक्नका लागि ट्वीटर र फेसबुकमा प्रतिबन्ध लगाएको छ ।

स्थानीय टेलिभिजनको तस्विरमा शहरको महत्वपूर्ण स्थानको जिले स्क्वायरमा विस्फोटपछि केही एम्बुलेन्स आउने-जाने गरिरहेको देखिएको थियो । त्यहाँ केही जलेका गाडीहरू समेत देखिएको थियो ।


  •  
  •  
  •