प्रलोभनमा पारी ठगी गर्ने गिरोहका विदेशी नाइके पक्राउ

313
  •  
  •  
  •  

काठमाडौं, २० फागुन (ओएनएस) : लट्रीको बाहनामा प्रलोभनमा पारी ठगी गर्ने गिरोहका एक विदेशी नाइके लाई प्रहरीले पक्राउ गरेको छ। लामो समयदेखि सामाजिक सञ्जालमार्फत भइरहेको ठगीका विदेशी नाइकेलाई प्रहरीले पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइसी)द्वारा खटिएको टोलीले विदेशी नाइके नाईजेरियन नागरिक मार्कुलस चिगाजी चिबुजीलाई ठमेलबाट पक्रेको हो।

फेसबुकमार्फत् चिनजान बढाएर बहुमुल्य उपहारको प्रलोभनमा ठगी गर्दै आएको गिरोहका चिबुजी नाइकेमध्ये एक रहेको सिआइबीका प्रवक्ता अंगुर जि.सीले बताए।

ब्युरोका अनुसार यसपटक उनले होटल संचालकको खाता प्रयोग गर्दा फन्दामा परेका हुन। ब्युरो लगायत देशभरका प्रहरी इकाईमा यसप्रकारको ठगी सम्बन्धी जाहेरी परेपनि प्रहरी विदेशी नाईकेसम्म पुग्न सकेको थिएन।

लामो समयअघिदेखि घटनाको अनुसन्धान गरिरहेको ब्युरोलाई यसपटक ठमेलका एक होटल संचालकले सहयोग गर्दा चिबुजीलाई पक्रन सहयोग गरेका थिए।

ब्युरोका अनुसार गत महिना पर्यटन भिषामा नेपाल आएका चिबुजी ठगीको नेपाल, भारत र श्रीलंका हेर्ने नाइके हुन। उनको राहदानीमा बारम्बार यी देशमा भ्रमण गरेको खुलेको छ

 


  •  
  •  
  •