५ वैशाख, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल दल नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा सात प्रदेशका राजनीतिबारे प्रस्ताव पेस भएको छ ।
प्रस्ताव पेश भए पनि छलफल भने भएन । तत्काल यसबारे छलफल चलाउँदा विवाद र तनजाव झन् बढ्न सक्ने भएकाले प्रस्ताव गुपचुप राखिएको एमालेका एक केन्द्रीय सदस्यले बताए ।
परिषदका अध्यक्ष केशव बडालले सो प्रस्ताव शुक्रबारको बैठकमा पेश गरेका थिए । उनको प्रस्तावमा क्षेत्र नम्बर १ मा बिराटनगर, क्षेत्र नम्बर २ मा ढल्केवरलाई राजधानी बनाउन सुझाव दिइएको छ ।
यसैगरी क्षेत्र ३ मा भक्तपुर, ४ मा पोखरा, ५ मा दाङ, ६ मा सुर्खेत र ७ मा अत्तरियालाई राजधानी बनाउन प्रस्ताव गरिएको छ ।