संविधानमा सुझाव दिन चाहनेसँग वार्ता गरिने

145
  •  
  •  
  •  

काठमाडौँ, जेठ २६ (ओएनएस) । संविधानसभा, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति मातहतको असहमति विषय पहिचान उपसमितिको सोमबारको बैठकले विभिन्न राजीतिक दलसँग वार्ता गर्ने निर्णय गरेको छ ।

उपसमितिको संयोजक गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले सोमबारै ३ बजे विभिन्न दलहरुसँग वार्ता गर्ने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । गत मंसिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा भाग लिएका र भाग नलिएका दल तथा संविधानको मस्यौदामा राय सुझाव दिन चाहने अन्य पक्षसँग वार्ता गर्ने उपसमितिले जनाएको छ ।

असहमति पहिचानका लागि विष्टको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन भएको थियो । समितिका अन्य सदस्यमा बालकृष्ण खाँड, रेखा शर्मा, महेन्द्रराय यादव र शिवलाल थापा छन् ।


  •  
  •  
  •