क्यान सफ्टेकका सबै स्टल बुकिङ्

289
  •  
  •  
  •  

काठमाडौं, १९ भदौ (ओएनएस) ः आगामी भदौ २६ गतेदेखि आयोजना हुन लागेको छैठौं ‘सुविसु क्यान सफ्टेक २०१४ इन एसोसिएसन विथ नियो ईआरपी’का सबै स्टल बुकिङ् भइसकेका छन् । सफ्टेकका लागि छुट्याईएको १ सय ४२ ओटा स्टल बुकिङ् भइसकेको आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान)ले जानकारी दिएको छ ।

सफ्टेकमा शिक्षा, कम्प्युटर सुरक्षा, बैङ्किङ, सुचना व्यवस्थापन, लेखा व्यवस्थापन, एण्टिभाईरस र अस्पताल व्यवस्थापनसँग सम्बन्धित सफ्टवेयरको प्रदर्शनी रहने बताइएको छ । विकसित हुँदै गएको सफ्टवेयरको बजार र उपयोगीतालाई विस्तार गर्न सफ्टेक आयोजना गरिएको क्यानका अध्यक्ष विनोद ढकालले बताए ।

सफ्टेकको सभामुख सुवास चन्द्र नेम्वाङ्ले उद्घाटन गर्ने उनले जानकारी दिए ।
सफ्टेकको शीर्ष प्रायोजक सुविसु केबल नेट प्रालिले ग्राहकका लागि विशेष सुविधा सार्वजनिक गर्ने भएको छ । त्यस्तै एप्लिकेसनबाटै ट्याक्सी खोज्न सहयोग पु¥याउने स्मार्ट ट्याक्सी, ई लर्निङ्, मिदास ई क्लास एप लगायत नयाँ एप्लिकेसन सार्वजनिक हुनेछ ।सफ्टेक भदौ २९ गतेसम्म सञ्चालन हुनेछ ।


  •  
  •  
  •