क्यान सफ्टेकको आइतवार अन्तिम दिन

309
  •  
  •  
  •  

काठमाडौं २९ भदौं (ओएनएस) ः काठमाडौंको भृकुटीमण्डपमा जारी ‘सातौ सुविसु क्यान सफ्टेक’को अन्तिम दिन आइतवार अवलोकनकर्ताको भिड लागेको छ ।

प्रदर्शनीमा विशेषगरी नेपाल टेलिकम तथा मिदासको  स्टलमा अवलोकनकर्ताको भिड देखिएको छ । त्यस्तै केन्द्रिय अनुशन्धान व्युरोको स्टलमा पनि अवलोकनकर्ताको् भिड देख्न सकिन्छ । स्टलमा अवलोकनकर्ताले साइवर क्राइमबारे जानकारी लिन सक्नेछन् ।

त्यस्तै अनओभर कम्पनीको ट्याक्सी एप्लिकेशन मेलाको  आकर्षण हो । कम्पनीले ट्याक्सी चालक तथा यात्रुहरुका लागि नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ । त्यस्तै सूचना प्रविधिसँग सम्वन्धि सेमिनार मेलाको अर्को आकर्षण हो ।

मेला अवलोकन गर्नेमा सूचना प्रविधिका विद्यार्थीहरु बढी रहेका छन् । सफ्टेकमा विभिन्न कम्पनीहरुले नयाँ सेवा तथा वस्तु सार्वजनिक गरेका छन् ।

मेलामा फ्टेकमा  इन्टरनेट,टिभी एन्टिभाइरस,मोवाइल एप्लिकेशन स्मार्टफोनलगायत सूचना प्रविधिका उत्पादनहरु राखिएका छन् ।

सफ्टेकको सातौ संस्करणको प्रायोजक सुविसु केवल नेट प्रालि र एशोसियट स्पोनसरमा नियो इआरपी छन् ।

सफ्टेकमा १ सय ४२ ओटा स्टल छन् ।  मेलाको २ लाख भन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने आयोकज कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान)का अध्यक्ष विनोद ढकालको अपेक्षा छ ।


  •  
  •  
  •