क्यानद्धारा महासंघमा रूपान्तरणका लागि दवावमूलक कार्यक्रम सार्वजनिक

531
  •  
  •  
  •  

can-logoकाठमाडौ, १४ मंसिर(ओएनएस) : नेपालको सूचना सञ्चार प्रविधी क्षेत्रको विकास, बिस्तार तथा प्रबर्द्धनमा विगत लामो समयदेखी कार्यरत रहेको कम्प्युटर एशोसियसन नेपाल(क्यान)ले प्रस्ताव गरेको महासंघमा रूपान्तरणका लागि दवाव देन उदेश्यले विभिन्न दवावमूलक कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

राजधानीमा आज एक पत्रकार सम्मेलनको आयोजना गरि क्यानले दवावमूलक कार्यक्रमहरू सार्वजनिक गरेको हो । दवावमूलक कार्यक्रमहरूमा इन्टरनेट सेवा प्रदायक संघसँग आवद्ध भई इन्टरनेट प्रयोग गर्ने शैक्षिक संस्थाहरूमा मंसिर १५ गते तथा सराकरी निकायहरूमा मंसीर २१ गते आफूले लिएको साविकको ब्याण्डविड् भन्दा दोब्बर ब्याण्डविड्थ उपलब्ध गराउने, क्यानसँग आबद्ध ४९ जिल्ला संघ, ८ अञ्चल संघ, ७ वस्तुगत सदस्य र २ अन्तराष्ट्रिय संघसहित आइसीटीमा आबद्ध संस्थाहरुको महासंघ दर्ताको लागि लिखित अनुरोध पत्रसहित क्यान कार्यसमितिले गृह मनत्रालयमा रहेको दर्ता फाइलमा दर्ता प्रयास गर्ने, नेपाल सरकारमा कार्यरत सम्बन्धित निकायका कर्मचीहरूलाई निशुःक १ वर्षसम्म चल्ने एण्टिभाइरस सफ्टवेयरको सिडी उपलब्ध गराउनेजस्ता दवावमूलक कार्यक्रमहरू रहेका छन् ।

पत्रकार सम्मेलनमा क्यानलाई महासंघिय संरचनामा लैजानका लागि दर्ताको प्रक्रिया अगाडि बढाएको करिब १ वर्षभन्दा बढि भइसकेको जनाइएको थियो । क्यानले २०७० कार्तिक २६ गते जिल्ला प्रशासन कार्यालयमा महासंघ दर्ताका लागि आवश्यक कागजातसहितको निवेदन दर्ता गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा क्यानले राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम क्यानलाई महासंघमा लैजानका लागि निवेदन दिइएको बताइएको छ ।

महासंघमा लैजाने प्रक्रियामा सरकारले चासो नदिएको पत्रकार सम्मेलनमा पत्रकारहरूको जिज्ञासाको उत्तर दिने क्रममा क्यान अध्यक्ष बिनोद ढकालले बताएका छन् । अनौपचारिक रूपमा सरकारले राष्ट्रिय निर्देशन ऐन पञ्चायत कालको कानुन भएकोले त्यसलाई खारेज गरी नयाँ कानुन अनुसार महासंघ दर्ता गर्नुपर्ने बताएको अध्यक्ष ढकालले जनाए । आफूहरुले नियम अनुसार नै महासंघको लागि निवेदन दिएको तथा यसबीचमा केही संस्थाहरूलाई महासंघमा दर्ता गराइएकाले पनि क्यानलाई महासंघमा लैजान पञ्चायत कालको कानुनले नरोक्ने धारणा अध्यक्ष ढकालले राखेका थिए ।


  •  
  •  
  •