रसियन विमानमा क्यान बम विस्फोट गराएको आईएसको दावी

145
  •  
  •  
  •  

काठमाडौँ, ३ मंसिर(एजेन्सी) : आतंकी संगठन आईएसआईएसले रूसी विमान खसालेको र पेरिस हमला सफल भएको भन्दै खुसीयाली मनाइरहेको छ ।

आइएसले आफ्नो अनलाइन म्यागाजिन दाकिबमा रसियन विमानमा बम राखेको जिम्मेवारी लिएको छ । तस्विर सार्वजनिक गर्दै आईएसले रसियन विमान क्यान बमको माध्यमबाट विस्फोट गराइएको थियो । गत अक्टुबर ३१ मा इजिप्टको शर्म अल शेख रोजर्टबाट उडान भरेको २३ मिनेटपछि विमान दुर्घटनाग्रस्त भएको थियो र उक्त दुर्घटनाम विमानसमा रहेका सबै २ सय २४ जनाको ज्यान गएको थियो ।

आईएसले इजिप्टको विमानस्थलमा सुरक्षा घेरालाई झुक्याएर विमानमा बम राखिएको थियो । सोही बम विस्फोट भएका कारण विमान दुर्घटनामा परेको थियो ।

यसमा करिब १.५ किलो विस्फोटक पदार्थ रहेको आईएसले जनाएको छ ।


  •  
  •  
  •