क्यान्डी क्रस सागाका डेभलपर टमी कार्ल पाल्म नेपालमा

180
  •  
  •  
  •  

 Candi-Cross-Tommy_Palm1काठमाडौं, २७ कात्तिक (ओएनएस) : पछिल्लो समय निकै लोकप्रियता कमाएको मोबाइल एप्स गेम क्यान्डी क्रस सागाका डेभलपर टमी कार्ल पाल्म नेपाल आएका छन् ।

उनी विहीवार दिउँसो करिव १२ बजे काठमाडौं आइपुगेका हुन् । उनी ‘एनसेल एप्स क्याम्प’मा छनौट भएका १ सय ५० एप्स डेभलपर टिमलाई मार्गदर्शन गर्न नेपाल आएका  हुन् ।

किंग डटकमका गेम्स गुरु पाल्मले आगामी शनिवार गते एनसेल एप क्याम्पको क्षमता अभिवृद्धि सेमिनारमा अतिथि वक्ता रुपमा उपस्थित हुने छन् ।

सो अवसरमा उनले युवा डेभलपरले एप्स बनाउँदा ध्यान दिनुपर्ने विषयमा जानकारी दिने छन् । साथै आफ्नो सफलताको कथासँगै पनि सुनाउने छन् ।

पाल्म अन्तर्राट्रिय एप्स उद्योगका सबैभन्दा उत्प्रेरक (इन्स्पाइरिङ्ग) व्यक्तिहरुमध्ये एक मानिन्छन् ।


  •  
  •  
  •