उपराष्ट्रपतिका लागि आज मनोनयन दर्ता गरिने

155
  •  
  •  
  •  

काठमाडौँ, १३ कात्तिक(ओएनएस) : उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिने भएको छ । संसद सचिवालयका अनुसार आज ११ बजेदेखी १ बजेसम्म उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिने छ । उम्मेदवारी दर्तापछि साँढे १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइने छ ।

यसपछि २ बजेसम्म उम्मेदवारीमाथी दावी तथा विरोधको समय रहने र उम्मेदवारी दर्ता गराएको भए पनि फिर्ता लिन चाहने उम्मेदवारलाई सचिवालयले समय समेत उपलब्ध गराएको सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । ३ बजे अन्तिम नामावली सार्वजनिक गर्ने संसद सचिवालयका सहायक प्रवक्ता कुँईकेलले जानकारी दिएका छन् ।

उपराष्ट्रपतिका लागि सत्तारूढ दलले कुनै टुङ्गो लगाएका छैनन् । एमाओवादीका नन्दकिशोर पुन पासाङको नाम अघी सारिएपछि पछिल्लो अवस्थामा उपराष्ट्रपति मधेसी वा थारू समुदायबाट हुनुपर्ने आवाज उठेपछि सत्तारूढ दलहरूले नाम टुङ्गो लगाउन सकेका छैनन् ।

विपक्षी दल कांग्रेसका तर्फबाट सिराहाका अमियकुमार यादवको नाम टुङ्गो लागिसकेको छ ।

निर्वाचन कार्यक्रम अनुसार भोलि बिहान ११ बजेदेखी २ बजेसम्म व्यवस्थापिका–संसद्मा उपराष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ ।


  •  
  •  
  •